• २१ फागुन २०८२, बिहिबार

‘छ महिनाकी छोरी काखमा बोकेर मतदान अधिकृतको जिम्मेवारी निर्वाह’

blog

छोरी काखमा बोकेर मतदान अधिकृतको जिम्मेवारी निभाउँदै केसी।तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, फागुन २१ गते । मतदाताको उत्साहबिच चलिरहेको मतदानमा नेपालगन्जको एक मतदान केन्द्रमा छ महिनाको बच्चा काखमा बोकेर एक महिलाले मतदान अधिकृतको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ। 

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासकी शाखा अधिकृत अमृता केसीले ६ महिनाकी छोरीसहित नेपालगन्ज वडा नम्बर ६ स्थित हडिया बाबा मतदान केन्द्र (क) मा मतदान अधिकृतको जिम्मेवारी निर्वाह गर्नुभएको छ।

उहाँले देश र जनताको मुहार परिवर्तनका लागि भइरहेको ऐतिहासिक अभिभारा पूरा गर्न छोरीलाई काखमा बोकेर भएपनि जिम्मेवारी निर्वाह गरेको बताउनुभयो ।

यो ऐतिहासिक क्षणमा छोरीलाई काखमै राखेर आफ्नो जिम्मेवारी पूरा गर्न पाउँदा अति गर्व लागेको उहाँले बताउनुभयो ।