• १८ वैशाख २०८३, शुक्रबार

स्रष्टाः राज्यसत्ताको स्थायी प्रतिपक्ष विषयमा अन्तरक्रिया

blog

“स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयक अन्तरक्रिया तथा सिर्जना वाचन कार्यक्रममा सहभगीहरु । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 
स्याङ्जा, वैशाख १८ गते ।
चौथो राष्ट्रिय लेखक दिवसको अवसरमा नेपाली लेखक सङ्घ स्याङ्जाले “स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयक अन्तरक्रिया तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

वालिङ नगरपालिका–६ मिर्दीमा आयोजित कार्यक्रममा अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनी र अनन्त अर्यालले “स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयमा आफ्ना विचार राख्नुभएको थियो ।

कार्यक्रममा स्याङ्जाली स्रष्टाहरू लक्ष्मीप्रसाद रेग्मी, शोभाकान्त रेग्मी, वसन्त खनाल, शम्भु अर्याल, नारायणप्रसाद रेग्मी, सुलभ खनाल, ढालबहादुर केसी र पारिश्वर न्यौपानेलगायतले आफ्ना उत्कृष्ट रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण युवा स्रष्टा मिलन समीरले गर्नुभएको थियो ।