शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १८ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
श्रमिक दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । रासस