• १८ वैशाख २०८३, शुक्रबार

‘प्रेरणाका गुच्छा’ विमोचन

blog

काठमाडौँ (गोरखापत्र), वैशाख १८ गते । पूर्वसांसद बिजुला रायमाझीको कवितासङ्ग्रह ‘प्रेरणाका गुच्छा’ विमोचन गरिएको छ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्राडा जीवेन्द्रदेव गिरी र बाल साहित्यकार सुशीला प्रधानाङ्गलगायतले संयुक्त रूपमा कवितासङ्ग्रहको विमोचन गर्नुभएको हो । 

कार्यक्रममा नेता ज्ञवालीले सङ्ग्रहमा समेटिएका कविताले समाजलाई सकारात्मक सन्देश दिने बताउनुभयो । रायमाझी नाम जस्तै पौरखी भएको भन्दै शिक्षण र नीतिनिर्माणको गहन भूमिकाबाट कविता लेखनको क्षेत्रमा आइपुग्न धेरै सङ्घर्ष गर्नुभएको स्मरण गर्नुभयो । कार्यक्रममा साहित्यकार ओम आचार्य, पाणिनि बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा साहित्यकार बुद्धि भुसाललगायतले रायमाझीको साहित्यिक यात्राबारे चर्चा गर्नुभएको थियो । सङ्ग्रहमा कुल १८२ वटा कविता समेटिएका छन् ।