• २२ फागुन २०८२, शुक्रबार

काठमाडौँ ३ को प्रारम्भिक मतपरिणाम सार्वजनिक

blog

काठमाडौँ, फागुन २२ गते । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को प्रारम्भिक विवरण सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार गोकर्णेश्वर नगरपालिका–१ बाट सुरु भएको मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले एक हजार ४१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले ७४८, नेपाली कांग्रेसका रमेश अर्यालले २९८, नेकपा (एमाले)का रामेश्वर फुँयालले २७९ र नेपाली कम्युनिष्ट पार्टीका नीरज लामाले ३५ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँको क्षेत्र नं १, ४, ५ को मतगणना पनि सुरु भएको छ । विवरण भने प्राप्त भइसकेको छैन । रासस