• १३ साउन २०८१, आइतबार

नेपाली विश्वकप टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

blog

नेपाली क्रिकेट टोली । फाइल तस्बिर

काठमाडौँ, जेठ २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका पुगेको नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिनुभएको छ । 

राष्ट्रपति पौडेलले  नेपाली राष्ट्रिय टोलीका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिनुभएको हो । 

राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर नेपाली झण्डा विश्व समुदायबीच फहराउने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

उहाँले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गर्नुभएको छ ।