• १२ असार २०८१, बुधबार

श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित

blog

काठमाडौँ, असार ३ गते । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलङ्का नेदरल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ ।

सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीलङ्का ८३ रनले विजयी भएको हो । जितसँगै समूह ‘डी’ को श्रीलङ्काले चार खेलमा तीन अङ्क जोड्यो । पराजित नेदरल्यान्ड्सको भने समान खेलबाट दुई अङ्क नै छ । यस समूहबाट दक्षिण अफ्रिका र बङ्गलादेश विश्वकपको सुपर आठमा पुगिसकेका छन् । 

श्रीलङ्काले प्रस्तुत गरेको दुई सय दुई रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय १८ रनमा समेटियो । उसका लागि माइकल लेभिट र कप्तान स्कट एड्वार्डसले समान ३१/३१ रन जोड्नुभयो । त्यस्तै म्याक्स ओडोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११/११ रन बनाउनुभयो । आर्यन दत्तले १० रन जोड्नु भयो ।

श्रीलङ्काका लागि नुवान तुसाराले तीन विकेट लिनुभयो भने कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई–दुई विकेट लिनुभयो । त्यस्तै महेश तिक्क्षणा र डुसान सनाकाले समान एक–एक विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीङ्लकाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय एक रनको योफफल बनाएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६/४६ रनको योगदान दिनुभयो ।

त्यसैगरी धनन्जय डी सिल्भाले ३४ रन बनाउनुभयो भने एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० तथा कामिन्दु मेन्डिसले १७ रन बनाउनुयो । नेदरल्यान्ड्सका लागि लोगन भान विकले दुई विकेट लिनुभयो भने भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक–एक विकेट लिनुभयो । रासस