• १३ साउन २०८१, आइतबार

पर्यटक भित्र्याउन भानुमा फुटबल प्रतियोगिता

blog

पत्रकार सम्मेलनमा बोल्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, साउन १३ गते । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने प्रमुख उद्धेश्यले १७ औं भानु कप फुटबल प्रतियोगिता हुने भएको छ । भानु नगरपालिका–१ मा रहेको भन्सार युवा परिवार, सालबिस्ने यूवा क्लव र भिमसेन यूवा क्लबको संयुक्त आयोजनामा साउन १९ गतेदेखि २६ गतेसम्म हुने भएको हो ।

भानु नगरपालिकाका–१ स्थित क्षेत्रीय रङ्गशाला खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा मूल संयोजक विष्णुबहादुर अधिकारीले जानकारी दिनुभयो । अन्तराष्ट्रिय स्तरमा भानु नगरलाई चिनाउने र यूवा पुस्तालाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजाना गरिएको अधिकारीले बताउनुभयो । 

प्रतियोगितामा विजेताले नगद दुई लाख ५० हजार २११ र उपविजेताले १ लाख २५ हजार २११ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा भाग लिन २४ टिमले नाम दर्ता गरेको उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले खेल तथा पर्यटन क्षेत्रलाईसँगसँगै अगाडी बढाउन यस्ता प्रतियोगिता मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन प्रवर्धन तथा खेल क्षेत्रको विकासमा टेवा पु¥याउन प्रतियोगिताको लागि नगरपालिकाले प्रत्येक वर्ष आर्थिक सहयोग गर्दै आएको जानकारी त्रिपाठीले दिनुभयो । साथै खेलाडीलाई प्रोत्साहन गर्न उहाँले भानुमा प्रदेश स्तरीय रङगशाला निर्माणको काम अघि बढीरहेको बताउनुभयो । प्रतियोगितामा १३ लाख ८३ हजार २ सय १३ खर्च हुने आथिक समितिका संयोजक सोम तमाङले जानकारी दिनुभयो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, अनुशासित समूहलाई पनि पुरस्कार प्रदान गरिनेछ । क्लबले भानु जयन्तीकै अवसरमा छेलो र बाघचाल प्रतियोगिता पनि आयोजना गरिएको भन्सार युवा क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार छेलो र बाघचालको विजेताले  जनही छ हजार २११ रुपियाँ प्राप्त गर्नेछन् । प्रचार प्रसारको कमिले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भएपनि ओझेलमा परेकोले प्रतियोगिता गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।