• २ जेठ २०८३, शनिबार

झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

blog

झिमरुक खोला

सलिम मियाँ 

प्युठान, जेठ २ गते । प्युठान नगरपालिका–१ खैरास्थित झिमरुक खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय श्रीधर आचार्यका १४ वर्षीय छोरा नोबेल आचार्य रहेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार शनिबार अपराह्न करिब ४:३० बजे खोलामा पौडी खेल्ने क्रममा डुबेर ती बालक घाइते भएका थिए ।

स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक हरि भट्टराईको कमान्डमा गएको प्रहरी टोलीले बालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाएको थियो ।

उपचारकै क्रममा साँझ करिब ५:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।