• १० साउन २०८१, बिहिबार

चर्च ब्वाइज र मच्छिन्द्र विजयी

blog

बिहीबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, साउन १० गते । चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिग  फुटबलमा बिहीबार जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हरायो । आर्मीको जितमा दावाछिरिङ लामा र शिशिर यस्मालीले गोल गर्नुभयो । जितसँगै चर्च ब्वाईजले चार खेलबाट सात अङ्क बनाएको छ । आर्मीको समान खेलबाट एक अङ्क छ । 

यसअघि भएको पहिलो खेलमा मच्छिन्द्रले एफसी खुमलटारलाई २–१ गोलले स्तब्ध बनायो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मच्छिन्द्रको जितमा  कविर तामाङ र रोनिक रानामगरले गोल गर्नुभयो ।

खुमलटारका पवन दर्लामीले गोल फर्काएपनि टोलीको हार टरेन ।  जितसँगै मच्छिन्द्रले चार खेलबाट आठ अङ्क बनाएको छ । खुमटारको समान खेलबाट तीन अङ्क छ ।