• १४ साउन २०८१, सोमबार

पेरिस ओलम्पिक : जुडोकी मनिता एक मिनेटमै बाहिर

blog

पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै मनिता श्रेष्ठ प्रधान (निलो पोशाकमा) ।

काठमाडौँ, साउन १४ गते । नेपाली जुडो खेलाडी खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिनुभएको छ ।

सोमबार भएको महिला ५७ केती तौल समूहमा मनिता सर्वियाकी खेलाडी मारिका पेरिसिकसँग इप्पोनको आधारमा १०–० ले पराजित हुनुभयो । उहाँ जम्मा एक मिनेट म्याटमा टिक्नुभएको थियो ।

मनिताले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर पाउनुभएको हो । मनिताको हारसँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको यात्रा पहिलो चरणमै सकिएको छ ।

यसअघि टेबल टेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाको यात्रा पहिलो चरणमै सकिएको थियो ।