• ९ साउन २०८१, बुधबार

पेरिस पाराओलम्पिकमा नेपालका दुई तेक्वान्दो खेलाडी

blog

काठमाडौँ, साउन ९ गते । फ्रान्सको पेरिसमा आयोजना हुने पाराओलम्पिकमा नेपालका पलेसा गोवर्धन र भरतसिंह महताले प्रतिस्पर्धा गर्नुहुनेछ । 

पाराओलम्पिकमा सहभागिता जनाउने नेपाली खेलाडी र प्रशिक्षकलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले बिदाइ गर्नुभयो ।

नेपाली टोलीको प्रशिक्षकमा नेगी लामा तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ हुनुहुन्छ । पेरिस पाराओलम्पिकमा सहभागी हुनअघि नेपाली टोलीले बेलायतको म्यानचेस्टरमा विशेष प्रशिक्षण गर्ने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।

प्रशिक्षणपछि नेपाली पारा तेक्वान्दो टोली फ्रान्स जानेछ । भरत सिंहले अगस्ट २९nमा के–४४, पुरुष ५८ केजीमुनि तौल समूह तथा पलेशाले अगस्ट ३० मा के–४४, महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ ।