• १० साउन २०८१, बिहिबार

उसु टोलीको बिदाइ

blog

बिदाइपछि नेपाली उसु टोली ।

काठमाडौँ, साउन १० गते । सिंगापुरमा साउन १२ र १३ गते आयोजना हुने छैटौँ सिगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाइ गरिएको छ ।

च्याम्पियनसिपमा पुरुषतर्फ नेपालका हिमांशु खड्का, सफल पाठक, भवेश खड्का, समीर बस्नेत, रिदम गोले र एलिस मार्लीकले प्रतिस्पर्धा गर्नहुनेछ । यस्तै महिलामा वविता ठाडा मगर, अपेक्षा लामा, सेरिना पराजुली, फुर्पिग्याल्मो तामाङ र यन्चेन्ला इलावाले प्रतिस्पर्धा गर्नहुनेछ ।

टोलीको प्रशिक्षकमा विशाल थापा हुनुहुन्छ । उसु खेलाडीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले बिदाइ गर्नुभयो ।