फिफा विश्वकप छनोट : रङ्गशालामा यमनलाई स्तब्ध बनाउने योजना
फिफा विश्वकप २०२६ एएफसी छनोटको समूह ‘एच’ अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले मङ्गलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
ब्याटमिन्टन खेलमा चम्किएको तामाङ परिवार
भोजपुर नगरपालिका –७ डाँडागाउँका दानबहादुर तामाङको घर शिल्ड, मेडल, ट्रफीलगायत पुरस्कारले भरिएको छ । संघर्ष जिवनको लक्ष्य प्राप्तीको आधार हो भनेझै दानबहादुरले खेल क्षेत्रका बलियो आधार बन्नुभएको छ ।
भारतलाई हराउँदै अस्ट्रेलिया छैटौँ पटक विश्व च्याम्पियन
घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।
विश्वकप फाइनल : भारतद्वारा अष्ट्रेलियालाई २४१ रनको मध्यम लक्ष्य
एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा जितमा लागि आयोजक भारतले अस्ट्रेलियालाई २४१ रनको रनको मध्यम लक्ष्य दिएको छ । अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २४० रन बनायो ।
तेक्वान्दोको हाइ पर्फमेन्स प्रशिक्षक तालिम सुरु
नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हाइ पर्फमेन्स प्रशिक्षक तालिम सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा आइतबारदेखि सुरु भएको छ ।
युरो कप छनोट : जिब्राल्टारको पोस्टमा फ्रान्सको १४ गोल
फ्रान्सले युरो कप छनोट २०२४ मा जिब्राल्टरविरुद्ध गोल वर्षा गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० गोलले हरायो ।
सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि
सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरु हुँदैछ । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा हुने गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा चार दिनसम्म चल्नेछ ।
विश्वकप फाइनल : भारतविरुद्ध टस जितेर बलिङ गर्दै अस्ट्रेलिया
एक दिवसीय विश्वकपको फाइनलमा अहिले आयोजक भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्तका लागि अस्ट्रेलियाले टस जितेको छ ।
विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य
रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध विश्वकप क्रिकेट प्रतियोगितामा उपाधि भिडन्त गर्दा एक अर्ब ४० करोड भारतीयहरुको मुटुको धड्कन पटकपटक तेज हुनेछ ।
विश्वकप फाइनल : आज भारत र अस्ट्रेलिया भिड्दै
रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्व विजेता अस्ट्रेलियाविरुद्ध विश्वकप क्रिकेट प्रतियोगितामा उपाधि भिडन्त गर्दा आज एक अर्ब ४० करोड भारतीयहरुको मुटुको धड्कन तेज हुनेछ । विश्वकप क्रिकेटको फाइनल अहमदाबादस्थित नरेन्द्र मोदी रङगशालामा हुँदैछ ।
महिला टी–२० सिरिजमा नेपाल तेस्रो
चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज (आइतबार) भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।
पाँचथर भलिबल उपाधि फाल्गुनन्दलाई
पाँचथर–फाल्गुनन्द गाउँपालिकाको वसाँगुमा सञ्चालन भएको पालिका स्तरीय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि फाल्गुनन्द गाउँपालिकाले जितेको छ ।
विमान चार्टर गरी पोखरा आउँदै चिनियाँ धावकहरू
पाँच महिनापछि फेरि चिनियाँ खेलाडीहरू विमान चार्टर गरी पोखरा आउँदै छन् । यही मङ्सिर ९ गते हुने पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगितामा नेपाल र चीनका धावक एकसाथ दौडिन लागेका हुन् ।
माउन्टेन बाइक रेसमा ११ देशका ५५ प्रतिस्पर्धी
पोखरामा हुने एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा ११ देशका ५५ खेलाडीले भाग लिने भएका छन् ।
युरो कप छनोट : इङ्ल्यान्ड र इटालीको सहज जित
इङ्ल्यान्ड र साबिक विजेता इटालीले युरो कप २०२४ को छनोट खेलमा सहज जित निकालेका छन् ।
झापामा आत्मानन्द कपको तयारी
झापाको दमकबाट नजिकै रहेको इलामको माङसेबुङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ को ७० औँ जन्मोत्सवको अवसरमा मङ्सिर ८ देखि १७ गतेसम्म सञ्चालन हुने आत्मानन्द कप २०८० को तयारी सुरु भएको छ ।
किराँत गोल्डकप मङ्सिर १५ देखि
पहिलो संस्करणको प्रथम प्रथम वाईवाई अन्तर्राष्ट्रिय गोल्डकप मङ्सिर १५ देखि २३ सम्म सञ्चालन हुने भएको छ ।
फिफा यु–१७ विश्वकपमा इरानले न्यु क्यालेडोनियालाई हरायो
इरानले शुक्रबार यु–१७ फिफा विश्वकपको समूह सी मा न्यु क्यालेडोनियालाई ५–० ले हराएको छ ।
महिला टी–२० नेपालद्वारा जापान ६७ रनले पराजित
चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो ।
महिला टी–२० सिरिज: जापानसामु ११४ रनको लक्ष्य
चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानको सामना गरिरहेको छ ।
दक्षिण एसियाली कराते यसै महिना
नेपाल कराते महासङ्घको आयोजनामा सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मङ्सिर १६ गतेदेखि हुने भएको छ ।
सुनिरालाई टेनिसको डबल्समा रजत
नेपाली टेनिस खेलाडी सुनिरा थापाले विमान २९औँ राजशाही अन्तर्राष्ट्रिय यु–१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा रजत पदक जित्नुभएको छ ।
विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिल पराजित
साविक विजेता अर्जेन्टिना र ब्राजिलले सन् २०२६ को फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा हार खेपेका छन् । घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० गोलले पराजित भयो ।
फिफा विश्वकप छनोटः नेपाल युएईसित पराजित
फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स ९युएई०सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।