'नर्थल्ट १० के' दौड कार्यक्रम सम्पन्न
इंगल्याण्डमा रहेको नेपाल रन यूके क्लबले आइतबार लण्डनस्थित नर्थला पार्कमा “नर्थल्ट १० के” दौड कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रिय चेसमा रुपेशको अग्रता
दोस्रो नेपालभाषा मंकाःखल राष्ट्रिय र्यापिड रेटिङ प्रतियोगिताको पहिलो दिन नेपाल च्याम्पियन रौतहटका रुपेश जैसवालसहित पाँच खेलाडीले चार खेल जितेर शीर्ष स्थान बनाउनुभएको छ । उहाँले शैलेश श्रेष्ठ, अशोक मोहन श्रेष्ठ, जनार्दन श्रेष्ठ र सुरज महर्जनलाई हराएर चार अङ्क बनाउनुभयो ।
अशोक वर्ल्ड र्याङ्किङ जी फोरमा
विश्व तेक्वान्दो र दक्षिण कोरियाली खेल मन्त्रालयले आयोजना गरेको वर्ल्ड र्याङ्किङ जी फोर प्रतियोगिताअन्तर्गत दक्षिण कोरियाको मुजुमा आयोजना भएको विश्व तेक्वान्दो पुम्से ओपन च्यालेन्जमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ ।
गोल्डकपमा दुधौली सेमिफाइनलमा
बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा विदेशी टोली एभिनियर एफसी क्यामरुनलाई पराजित गर्दै दुधौली सेमिफाइनलमा प्रवेश गरेको हो ।
पौडी महासङ्घका अध्यक्ष हुसेन नेपाल आउँदै
नेपाल पौडी सङ्घको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासङ्घ (वर्ल्ड एक्वाटिक्स) का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
ओमानलाई ट्रफी प्रदान गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई ट्रफी प्रदान गर्नुभएको छ ।
नेपाल सुपर ओभरमा निराश
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित हजारौँ समर्थकलाई निराश पार्दै घरेलु टिम नेपाललाई सुपर ओभरमा हराएर ओमान आइतबार आइसीसी टि२० विश्वकप एसिया क्वालिफायर च्याम्पियन बनेको छ ।
नेपाल र ओमनबिचको खेल हेर्न प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुग्नुभएको छ ।
श्रीलङ्का क्रिकेटका दोस्रो सबैभन्दा ठूला अधिकारीले दिए राजीनामा
श्रीलङ्का क्रिकेटका एक शीर्ष अधिकारीले आइतबार पदबाट राजीनामा दिएका छन् । विश्व कपमा रेकर्ड हारपछि खेलमन्त्री रोशन रणसिङ्घेले क्रिकेट बोर्डमाथि भ्रष्टाचारको आरोप लगाउँदै राजीनामा दिन भनेपछि ती अधिकारीले राजीनामा दिएका हुन् ।
सत्यवतीलाई प्रथम गुल्मी भलिबल कपको उपाधि
जिल्ला भलिबल संघ गुल्मीको आयोजनामा कात्तिक १५ गतेदेखि तम्घासमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुष र महिलातर्फका फाइनल खेलमा सत्यवती गाउँपालिका प्रथम भएको छ ।
गुल्शन झाले बनाए अर्धशतक
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालका गुल्शन झाले अर्धशतक प्रहार गरेका छन् ।
नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने
आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ । र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
ब्याकुल माइला गोल्डकपको उपाधी दूधकौशिका आधारभूत विद्यालयले जित्यो
ब्याकुल माइला गोल्डकप नवौं संस्करणको उपाधी दूधकौशिका आधारभूत विद्यालय मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारले जितेको छ ।
छ दिने बुलेट राइड सम्पन्न
नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना भएको छ दिने बुलेट राइड सम्पन्न भएको छ ।
टिकट विक्रीको २५ प्रतिशत रकम भूकम्पपीडितलाई
गत बुधबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन आएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ को आज शनिबार हुने खेलमा टिकट विक्रीबाट आउने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितलाई प्रदान गरिनेभएको छ ।
क्रिकेटको डेढ करोड नगद पुरस्कार निकासा
विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।
ठेहे राइजिङ र माझा युवा क्लब भिड्ने
जिल्लामा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता रानीवन गोल्ड कपको फाइनलमा सिमकोट गाउँपालिका –२ को ठेहे राइजिङ युवा क्लव ‘बी’ र खार्पुनाथ गाउँपालिका –४ को माझा युवा क्लब भिड्ने भएका छन् ।
विश्वकप खेल्न पाउनु भाग्यमानी ठान्छु : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताउनुभएको छ ।
महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई पक्राउ
समाजिक सञ्जालबाट महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तेक्वान्दो सङ्घद्वारा पलेशा सम्मानित
नेपाल तेक्वान्दो सङ्घले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा काँस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
विश्वकप टि–२० मा दश वर्षपछि नेपालको पुनरागमन
स्पीनरहरुको सटिक बलिङपछि आसिफ शेखले म्याच जिताउने पालि खेलेपछि नेपाल शुक्रबार परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा ८ विकेटले हराएर टि २० विश्वकप क्रिकेट प्रतियोगितामा चयन हुन सफल भएको छ ।
ओमान विश्वकपमा छनोट
ओमान सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।
विश्वकप छनोट : यूएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत
आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पञ्चासे अल्ट्रा रेस कात्तिक १८ र १९ गते
पोखराका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न पञ्चासे अल्ट्रा रेस हुने भएको छ । कात्तिक १८ र १९ गते हुने प्रतियोगितामा ४ इभेन्ट समावेश गरेको आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।