नेपाल र युएई भिड्दै
आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज हुने सेमिफाइनलमा नेपाल र युएईले प्रतिस्पर्धा गर्नेछन् । खेल मुलपानी माथिल्लो मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
मुख्यमन्त्री कोहलपुर गोल्डकपः गोर्खा ब्वाइज विजयी
‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
खेलकुद मन्त्री लिम्बू र राजदूत नोभिकोभबीच भेट
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए. नोभिकोभबीच बिहीबार भेटवार्ता भएको छ ।
विश्वकप छनोट : युएईद्वारा हङकङ पराजित
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ ।
नेपाली क्रिकेट टोलीलाई एक लाख पुरस्कार दिने कांग्रेस नेता ठाकुरको घोषणा
नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकासकुमार ठाकुरले आइसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत शुक्रबार हुने सेमिफाइनल खेलका लागि एक लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
अन्तिम ओभरमा ओमानसँग नेपाल स्तब्ध, नेपाल समूह उपविजेता
आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल बिहीबार रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले स्तब्ध भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसोसिएट टिमहरुमा बलियो मानिएको ओमानलाई कप्तान रोहित पौडेलले टस जितेपछि पहिले ब्याटिङ गर्ने निमन्त्रणा दिनुभएको थियो ।
नेपाललाई जितका लागि १४६ रनको चुनौती
आइसिसी टि २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज (बिहीबार) भएको खेलमा ओमानले घरेलु टोली नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ ।
चौथो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी
पुतलीबजार नगरपालिका –९ कोल्माको बराहचौरमा चौथो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी गरिएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आगामी पुस ७ गते राष्ट्रिय स्तरको क्रसकन्ट्री दौड प्रतियोगिता गर्न लागेको हो ।
गोर्खा लिजेन्ट र वीरेन्द्रनगर स्टिल टाइगर विजयी
मोरङको पथरीमा जारी पीएसपीएल क्रिकेट लिग सिजन फोर अन्तर्गत बुधबार भएको खेलमा गोर्खा लिजेन्ट र वीरेन्द्रनगर स्टिल टाइगर विजयी भएका छन् ।
खेलकुदले एकताको सन्देश दिन्छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खेलकुदले नेपाली बिचमा एकताको सन्देश दिने बताउनुभएको छ ।
चर्च ब्वाइजको विजयी सुरुवात
बाँकेको कोहलपुरमा बुधबारदेखि सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा आयोजक कोहलपुर रेसिङ सहारा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड काठमाडौँले विजयी सुरुवात गरेको छ ।
शनिबारदेखि यल कप ब्याड्मिन्टन प्रतियोगिता हुने
ललितपुरमा प्रतिष्ठित ब्याड्मिन्टन प्रतियोगिताका रूपमा रहेको यल कप रनिङ शिल्डको १३ औँ संस्करण शनिबार सुरु हुनेभएको छ । ललितपुरका टोलबिच २०६५ मा पहिलो पटक भएको प्रतियोगिताको हरेक वर्ष फरक आयोजकले गर्ने परम्परा छ ।
टी-२० विश्वकपमा छनोट भएमा नोबेले १५ लाख दिने
नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप एकमुष्ठ १५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेको छ ।
गुल्मीमा आजदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता
जिल्ला भलिबल संघ गुल्मीको आयोजनामा तम्घासमा आजदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु हुँदै छ ।
मुख्यमन्त्री गोल्ड कप: उद्घाटन खेल आयोजक र चर्च ब्वाइजबिच हुँदै
आजदेखि सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन खेल आज आयोजक र चर्च ब्वइजबिच हुने भएको छ । कोहलपुर २ स्थित तेह्र बिगाहमा आजदेखि कार्तिक २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
मलेसियालाई हराएर नेपाल सेमिफाइनलमा
कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई छ विकेटले हराएर आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल र ओमानले एक खेलअघि नै अन्तिम चारमा स्थान बनाएका हुन् ।
नेपालद्वारा मलेसिया छ विकेटले पराजित
आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ ।
सर्वियाका गोलरक्षक झापा एफसीमा अनुबन्धित
सर्बियाका गोलरक्षक स्टेफन कुपिज मङ्गलबार दोस्रो नेपाल सुपर लिग (एनएसल) का लागि झापा एफसीमा आवद्ध हुनुभएको छ ।
मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य
आइसिसी ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई एक सय ६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् ।
भोलिदेखि जिरी च्याम्पियनसिप हुने
दोलखाको जिरीमा भोलिदेखि जिरी च्याम्पियनसिप सुरु हुनेभएको छ । युवा सञ्जाल जिरीको आयोजनामा जिरी च्याम्पियनसिप २०८० हुने भएको हो ।
विश्वकप एसिया छनोट : बहराइन विजयी
आइसिसी टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ ।
मेसीलाई बालन डी ओर
अर्जेन्टिनाका लियोनेल मेसीले मङ्गलबार वर्षका सर्वश्रेष्ठ फुटबलरलाई दिइने बालन डी ओर जित्नुभएको छ । मेसी कीर्तिमान आठौँ पटक विश्वका सर्वश्रेष्ठ फुटबल खेलाडी घोषित हुनुभएको हो । उहाँले सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९, २०२१ र अहिले २०२३ मा बालन डी ओर जित्नुभएको हो । क्रिस्टियानो रोनाल्डोले पाँच पटक, मिचेल प्लाटिनी, योहान क्रुफ र मार्को भान बास्टनले तीन–तीन पटक बालड डी ओर जित्नुभएको छ ।
नेपाल र मलेसिया भिड्दै
आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।
सैनामैनामा अन्तरजिल्ला भलिबल प्रतियोगिता हुने
रुपन्देहीमा ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिता हुनेभएको छ । भलिबल खेल विकाससँगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका –६ कलौनीमा दुधराक्ष युवा क्लवको आयोजनामा प्रतियोगिता हुनेभएको हो ।