• १४ असार २०८१, शुक्रबार

नेपाल र युएई भिड्दै

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १७ गते । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज हुने सेमिफाइनलमा नेपाल र युएईले प्रतिस्पर्धा गर्नेछन् । खेल मुलपानी माथिल्लो मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

समूह चरणको अन्तिम खेलमा ओमानसँग पाँच रनले पराजित हुँदा नेपाल समूह ‘ए’ को उपविजेता बनेको थियो । युएई समूह ‘बी’ को विजेता हो ।  आज नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदा कीर्तिपुरमा ओमान र बहराइनबिच पनि खेल हुनेछ । दुवै खेलका विजेताले फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।