• २२ वैशाख २०८१, शनिबार

चौथो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी

blog

फाइल तस्विर

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक १५ गते । पुतलीबजार नगरपालिका –९ कोल्माको बराहचौरमा चौथो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी गरिएको छ । 

सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आगामी पुस ७ गते राष्ट्रिय स्तरको क्रसकन्ट्री दौड प्रतियोगिता गर्न लागेको हो । 

क्रसकन्ट्री दौडमा पुरुषतर्फ खुला २५ किमी र २१ बर्ष मुनिका १० किमी हुनेछ भने महिलातर्फ खुला पाँच किमी गरी तीन बिधामा राखिएको मञ्चका पूर्व महासचिव मनबहादुर थापाले बताउनुभयो । 

कोल्मा बराहचौरदेखि सुरु गरिने दौड प्रतियोगिता काउँले–बहाकोट–राङभाङ डाँडा स्वारा–नाम्चे –काल्खु–राईपुर–ओरष्टे भन्ज्याङ् हुँदै पुनः कोल्मामा आएर सकिने छ । क्रसकन्ट्री दौडले स्याङ्जा र तनहुँलाई जोडेको थापाले बताउनुभयो । पुरुष खुला प्रतिस्पर्धामा प्रथमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । 

यस्तै २१ बर्ष मुनिको १० किमीमा प्रथमले २० हजार, द्वितियले १५ हजार र तृतीयले १० हजार नगदसहित ट्रफी र मेडल पाउने थापाले बताउनुभयो । महिलातर्फ खुलामा पाँच किमीमा  प्रथमले १५ हजार, द्वितियले १० हजार र तृतीयले पाँच हजार रुपियाँसहित ट्रफी र मेडल पाउनेछन् । 

प्रतियागिता सम्पन्न गर्न १२ लाख पाँच हजार रुपियाँ खर्च लाग्ने अनुमान आयोजक समितिले गरेको छ ।