• २८ वैशाख २०८१, शुक्रबार

सर्वियाका गोलरक्षक झापा एफसीमा अनुबन्धित

blog

काठमाडौं, कात्तिक १४ गते । सर्बियाका गोलरक्षक स्टेफन कुपिज मङ्गलबार दोस्रो नेपाल सुपर लिग (एनएसल) का लागि झापा एफसीमा आवद्ध हुनुभएको छ । कुपिज झापाको पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्धित हुनुभएको हो ।

सर्बियाको यु–१७, यु–१९, यु–२१, यु–२३ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका कुपिजसँग सर्बियन सुपर लिगा, अर्मेनियन प्रिमियर लिगका साथै युरोपियन च्याम्पियन्स लिग क्वालिफायर र युरोपा लिग क्वालिफायर जस्ता चर्चित युरोपेली लिगमा खेलेको अनुभव छ । २९ वर्षीय सर्बिया ली गोलकिपर कुपिजको एशियन फुटबलमा पहिलो अनुभव हुनेछ । कुपिजले झापा एफ.सी.सँग जोडिन पाउँदा निकै खुशी रहेको र आफुले यसलाई चुनौतीको रूपमा पनि लिगेको बताउनुभयो ।

झापा एफ.सी. ले मुख्य प्रशिक्षकको रूपमा स्पेनका ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरिसकेको छ । झापा एफ.सी. एनएसलमा थपिएका तीन नयाँ टोलीमध्ये एक हो । एनएसएलको दोस्रो संस्करण मङ्सिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ ।