प्रथम मेयरकपको उपाधि झापा गाउँपालिकालाई
झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा आयोजित प्रथम मेयरकप जिल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।
वीरगञ्ज गोल्डकपको उपाधी नेपाल पुलिस क्लबलाई
प्रथम वीरगञ्ज गोल्डकपको उपाधी विभागीय टिम नेपाल पुलिस क्लबले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ट्राई बेक्ररमा पराजित गर्दै उचालेको छ ।
रोशनी माविलाई उपमेयर कप उपाधि
प्रथम पुतलीबजार उपमेयर रनिङ कप अन्तर बिद्यालय छात्रा लिग क्रिकेटको उपाधि रोशनी आवासिय माविले जितेको छ । नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला क्रिकट टस जितेर पहिला ब्याटिङ रोजेको रोशनीले निर्धारित १० ओभरमा दुई विकेटका क्षतिमा ७८ रन
महिला क्रिकेटरको तिहार मैदानमै
क्यानले यस सिरिजका लागि पहिलो पटक इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । क्यानले रुविना क्षेत्रीको स्थानमा बर्मालाई कप्तानको जिम्मेवारी दिएको हो । यस्तै उपकप्तानमा विन्दु रावल हुनुहुन्छ ।
टेनिसमा सुनिरालाई रजत
नेपाल टेनिस खेलाडी सुनिरा थापाले शुक्रबार वल्र्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा रजत पदक जित्नुभएको छ । बङ्गलादेशको ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको गल्र्स एकल फाइनलमा भारतकी एलिना फरिडसँग ६–३ र ६–४ ले चुकेपछि सुनिरा रजतमा सीमित हुनुभयो ।
२५ पालिकामा खेल मैदान बनाइँदै
गण्डकी प्रदेश सरकारले २५ पालिकामा खेल मैदान बनाउन सघाउने भएको छ । प्रदेशका ८५ पालिकामध्ये छानिएका २५ पालिकामा ‘एक पालिका, एक खेल मैदान’को अवधारणामा प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले सहयोग गर्न लागेको हो ।
गोर्खा लिजेन्ट पीएसपीएल क्रिकेटको फाइनलमा
गोर्खा लिजेन्ट पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफानल खेलमा रोयल किंगलाई ३३ रनले हराउँदै गोर्खा लिजेन्टले फाइनल यात्रा तय गरेको हो ।
अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।
नेपालगन्जमा पहिलो प्रदेशस्तरीय स्विमिङ प्रतियोगिता आयोजना गरिँदै
नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको देशकै दोस्रो सबैभन्दा ठुलो पौडी पोखरीमा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय स्विमिङ प्रतियोगिता आयोजना गरिने भएको छ । निर्माण भएको चार वर्षपछि सो पौडी पोखरीमा पहिलो पटक कुनै प्रतियोगिता हुन लागेको हो ।
अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुँदै
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभा बिहीबार हेटौँडामा सुरु भएको छ ।
विश्वकप छनोटको दोस्रो चरण पार गर्ने नेपालको लक्ष्य
नेपालले विश्वकप २०२६ को छनोट (एसिया) मा दोस्रो चरण पार गर्दै एसियन कपसमेत खेल्ने लक्ष्यसहित तयारी गरिरहेको छ ।
वीरगञ्ज गोल्डकपः नेपाल पुलिस क्लब फाइनलमा
नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ ।
त्रिभुवन आर्मी क्लबले जित्यो मुख्यमन्त्री कोहलपुर गोल्ड कप
बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ को उपाधिका नेपाली सेनाको त्रिभुवन क्लबले जितेको छ ।
देवकी अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी
जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भई बुधबार स्वदेश फर्कनु भएको छ ।
रुपेश र रनासिंघेलेलाई चेस उपाधि
नेपाल च्याम्पियन फिडेमास्टर (एफएम) रुपेश जैसवाल र श्रीलङ्काकी महिला इन्टरनेसनल मास्टर्स (डब्लुआइएम) सचिनि रनासिंघेले दोस्रो नेपालभाषा मंकाःखलःराष्ट्रिय र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
स्वर्ण पदक विजेता खेलाडी स्वदेश फिर्ता
दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा पदक जित्ने नेपाली टोली आज स्वदेश फर्किएका छन् ।
सहिद स्मृति कप फुटबल प्रतियोगिता सुरु
बाह्रौ संस्करणको सहिद स्मृति कप फुटबल प्रतियोगिता धनकुटामा सुरु भएको छ । मितेरी युवा क्लबको आयोजनामा धनकुटाको सहिदभुमी गाँउपालिका –१, सफाइटारमा प्रतियोगिता सुरु भएको हो ।
राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रङ्गशाला बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणागरी काम गरिने बताउनुभएको छ।
प्रदेश सरकारले क्रिकेट रङ्गशाला निर्माण गर्न सहयोग गर्ने
बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्ने भएको छ । प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माणाधीन क्रिकेट रङ्गशालाले पूर्णता पाउने भएको हो ।
विश्वकप छनोटमा यमनसँगको खेलका लागि तयारी गर्दै नेपाल
नेपालले एएफसी एसिया कप २०२७ र फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्धको पहिलो लिगका लागि तयारी थालेको छ ।
महिला क्रिकेटर बन्द प्रशिक्षणमा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा चार राष्ट्रबिच हुने महिला टी-२० शृङ्खलाका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
नेपाल र यमनबिचको विश्वकप छनोट खेल मङ्सिरमा हुने
विश्वकप छनोट समूह चरणको दोस्रो खेल नेपालले यमनसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पत्रकार सम्मेलनमा बताएअनुसार आगामी मङ्सिर ५ गते बेलुकी ७ बजे काठमाडौँको दशरथ रङ्गशालामा खेल हुनेछ। यसअघि नेपालले युएईसँग घरेलु मैदान युएईमा समूह चरणको पहिलो खेल कात्तिक ३० गते खेल्नेछ।
मुख्यमन्त्री गोल्ड कप: दुधौलीलाई ४-१ ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश
बाँकेको कोहलपुरमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ मा दुधौली स्पोट्र्स क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ ।
प्रथम वीरगञ्ज गोल्डकप: नेपाल पुलिस क्लब सेमिफाइनलमा
नेपाल पुलिस क्लव ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।