• ११ मंसिर २०८१, मङ्गलबार

महिला क्रिकेटर बन्द प्रशिक्षणमा

blog

काठमाडौं, कात्तिक २१ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा चार राष्ट्रबिच हुने महिला टी-२० शृङ्खलाका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्रिकेट हङकङ चाइनाको आयोजनामा कात्तिक २९ देखि सो अन्तर्राष्ट्रिय महिला टी-२० शृङ्खला हुँदैछ । सो प्रतियोगितामा नेपाल, युएई, हङकङ र मलेसियाबिच प्रतिस्पर्धा हुनेछ ।

बन्द प्रशिक्षणमा कप्तान रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, सङ्गीता राई, ज्योति पाण्डे, पूजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रूवि पोदार, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डङ्गोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनीषा चौधरी र कविता जोशी हुनुहुन्छ ।

रुविना र सीताले अलस्टार्स टी-२० खेल्ने

यसबिच नेपालका दुई अनुभवी महिला क्रिकेट रुविना र सीताले विदेशी खेलाडीको हैसियतमा हङकङको घरेलु प्रतियोगिता वुमेन्स अल स्टार्स टी-२० प्रतियोगितामा खेल्ने हुनुभएको छ । यी दुवैले चारदेशीय टी-२० क्रिकेट शृङ्खलाअघि अल स्टार्स टी-२० खेल्नुहुनेछ । सो प्रतियोगिता कात्तिक २४ गतेदेखि सुरु हुँदैछ ।