• ११ मंसिर २०८१, मङ्गलबार

गोर्खा लिजेन्ट पीएसपीएल क्रिकेटको फाइनलमा

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, कात्तिक २३ गते । गोर्खा लिजेन्ट पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफानल खेलमा रोयल किंगलाई ३३ रनले हराउँदै गोर्खा लिजेन्टले फाइनल यात्रा तय गरेको हो । 

 गोर्खा लिजेन्टले उपाधिका लागि शनिवार आइतबारे अस्त्रको सामना गर्नेछ । टस जितेर फिल्डिङ रोजेको रोयल किंगबिरुद्ध गोर्खा लिजेन्टले ८ विकेटको क्षतिमा २० ओभर खेल्दै १५७ रन जोडेको थियो । गोर्खाका राज पालुङ्गवाले सर्वाधिक ७४ रनको योगदान गर्दा सुमित राईले ३४ रन जोड्नुभयो । सोलोमान राईले १३ रनको योगदान दिनुभयो । 

रोयल किंगका सोनु मण्डल, खिवस राजवंशी र सुवास भण्डारीले सामान २–२ विकेट लिनुभयो । १५८ रनको विजय लक्ष्य पछ्याएको रोयल किंग २० ओभरमा ८ विकेट गुमाएर १२४ रनमा समेटियो । रोयलका लागि शिवम यादवले ६६ रनको योगदान गरे पनि टिमलाई हारबाट जोगाउन सक्नु भएन । 

रोयल किंगका एन्जल राईले १५ र राज बस्नेतले १४ रन जोड्नु बाहेक अरु कुनै खेलाडीले दोहोरो अङ्कको स्कोर बनाउन सक्नु भएन । सुवास भण्डारी र सोनु मण्डल आभास लिम्बूको बलमा शुन्य रनमा आउट भएपछि रोय किंग १२४ रनमा खुम्चिएको थियो । ४ विकेट लिनुभएका गोर्खा लिजेन्टका आभास लिम्बूले अर्जुन बस्नेत र महेश बस्नेतको पनि विकेट लिनुभयो ।

सेमिफाइनल खेलको म्यान अफ दि म्याच र सर्वाधिक छक्काको अवार्ड राज पालुङ्गवाले प्राप्त गर्नुभयो । प्रतियोगिताको फाइनल खेल आइतबारे अस्त्र र गोर्खा लिजेन्टबीच शनिवार हुनेछ ।