• ५ जेठ २०८३, मङ्गलबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, जेठ ५ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ८६ पैसा र बिक्रीदर १५४ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७८ रुपियाँ ९५ पैसा र बिक्रीदर १८९ रुपियाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपियाँ ४८ पैसा र बिक्रीदर २०६ रुपियाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९छ रुपियाँ ६४ पैसा र बिक्रीदर १९६ रुपियाँ ४० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपियाँ ३८ पैसा र बिक्रीदर ११० रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपियाँ ८९ पैसा र बिक्रीदर ११२ रुपियाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ १८ पैसा र बिक्रीदर १२० रुपियाँ ६५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ६८ पैसा र बिक्रीदर नौ रुपियाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६३ पैसा र बिक्रीदर २२ रुपियाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ ०० पैसा र बिक्रीदर ४१ रुपियाँ, १६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ २१ पैसा र बिक्रीदर ४२ रुपियाँ ३८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ७१ पैसा र बिक्रीदर चार रुपियाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८९ पैसा र बिक्रीदर ४२ रुपियाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ६९ पैसा र बिक्रीदर ३८ रुपियाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २५ पैसा र बिक्रीदर १० रुपियाँ २८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ३१ पैसा र बिक्रीदर १६ रुपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ८४ पैसा र बिक्रीदर २४ रुपियाँ ०४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपियाँ ६५ पैसा र बिक्रीदर १९ रुपियाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपियाँ ५० पैसा र बिक्रीदर ५०३ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपियाँ ९५ पैसा र बिक्रीदर ४०९ रुपियाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ ६३ पैसा र बिक्रीदर ४०१ रुपियाँ १९ पैसा रहेको छ ।     

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस