• ५ जेठ २०८३, मङ्गलबार

चार जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान

blog

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जीपीए ल्याउने विद्यार्थी नगदसहित सम्मान गरिँदै । तस्बिर: अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, जेठ ५ गते ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जीपीए ल्याउने विद्यार्थीलाई आँधीखोला गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । गाउँपालिका–६ स्थित शारदा मन्दिर माध्यमिक विद्यालयबाट चार जीपीए ल्याउने मनिषा ढकाललाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित एक लाख रुपियाँ प्रदान गरिएको हो ।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले शिक्षाको क्षेत्रमा पालिकाको प्रतिष्ठा उच्च बनाउने विद्यार्थीलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको बताउनुभयो ।

उहाँले यस वर्ष मात्र नभई आगामी वर्षहरूमा पनि एसइई तथा शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा ल्याएर पालिकाको नाम उच्च बनाउने विद्यार्थीलाई सम्मान गरिने बताउनुभयो ।

यसैगरी, भीरकोट नगरपालिकाले सहिद शुक्र माध्यमिक विद्यालयका चार जीपीए ल्याउने नितेस काफ्लेलाई १५ हजार रुपियाँ तथा ३.९१ जीपीए ल्याउने चाहना केसीलाई १० हजार रुपियाँ प्रदान गरेको छ ।