केपी ओली कपको सेमीफाइनलमा बागमती
पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइल प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले सेमीफाइनल यात्रा तय गरेको हो ।
अन्तर वडा क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ लाई
कनकाई नगर खेलकुद विकास समितिद्वारा यहाँस्थित कनकाई माविको खेल मैदानमा आयोजित अन्तर वडा टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ को टिमले हात पारेको छ ।
नेपालगञ्ज म्याराथन हुँदै
नवौं धारा नेपालगन्ज म्याराथन शनिबार हुने भएको छ ।
झापा लिग सुरु
झापाको भद्रपुर विहिबारबाट अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
एमेच्योर सद्भावलाई सेन्ट्रल ओपन गल्फ उपाधि
युवा एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जित्नुभएको छ ।
केपी ओली कप : बागमतीको विजयी सुरुवात
बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ टिमलाई १०९ रनले हरायो ।
बेलायतमा पूर्व धावक लामा सम्मानित
पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।
हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न आग्रह
दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गर्नुभएको छ ।
नेपाल सुपर लिगका लागि सबै टोली तयार
लिगमा सहभागी नौ वटै टोलीका प्रशिक्षक र मार्की खेलाडीले टोलीको अभ्यास र तयारी पूरा भएकोले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएका छन् ।
दक्षिण अफ्रिका सर्यो नेपालले खेल्ने यू–१९ विश्वकप क्रिकेट
यू–१९ विश्वकप क्रिकेट दक्षिण अफ्रिकामा हुने भएको छ । यसअघि श्रीलङ्कामा हुने तय भएको विश्वकप दक्षिण अफ्रिका सरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले श्रीलंकाको क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाएपछि प्रतियोगिता दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो ।
अर्मेनियालाई हराउँदै क्रोएसिया युरो कपमा छनोट
अर्मेनियालाई १–० ले हराउँदै क्रोएसियाले युरो कप २०२४ मा स्थान बनाएको छ । क्रोएसिया युरो कपमा छनोट हुने अन्तिम टिम समेत बनेको छ ।
तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग स्तब्ध
समर्थकबीच हानाहान र मैदानमा खेलाडीको तनावबीच सम्पन्न भएको खेलमा घरेलु टोली ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटको मङुगलबार राति भएको खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सिमित ब्राजिललाई १–० गोलले स्तब्ध बनायो ।
नेपालगन्ज म्याराथनको पुरस्कारमा बृद्धि
मङ्सिर ९ गते हुने नवौँ धारा नेपालगन्ज म्याराथनमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिएको छ । म्याराथनको विजेताले दुई लाख रुपियाँ पाउनेछन्
भोजपुर सदरमुकाममा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण
भोजपुर नगरपालिका–७ कोदारमा जिल्लाकै बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण सम्पन्न भएको छ । रङ्गशालाका लागि आवश्यक संरचनाहरु ग्राउन्ड फिलिङ, प्यारापिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय भवन, क्यान्टिन भवन, शौचालय निर्माण सम्पन्नसँगै रङ्गशालाको निर्माण कार्य सम्पन्न भएको हो ।
फिफा विश्वकप छनोट : नेपाल यमनसँग पराजित
समूह ‘एच’ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार साँझ भएको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भयो । नेपालको यो लगातार दोस्रो हार हो ।
केपी ओली कप प्रतियोगिता हुँदै, १२ टिम भिड्ने
पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ ।
पोखरामा दोस्रो अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री दौड हुने
नेपाल पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदूतावास तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा मङ्सिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुनेभएको छ । पर्यटन बोर्डमा मङ्गलबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
राष्ट्रिय लेजर रन बुधबार
नेपाल मोर्डन पेन्टाथलोन सङ्घ (एनएमपीए) को आयोजनामा बुधबार दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगिता हुनेभएको छ । सङ्घले राष्ट्रिय प्रतियोगिता पछि मङ्सिर १० गते युआइपिएम ग्लोबल–लेजर रन सिटी टुर गर्ने जनाएको छ ।
विमान चार्टर्ड गरी १०४ चिनियाँ खेलाडी नेपाल आउँदै
नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।
युक्रेनलाई रोक्दै इटाली युरो कपमा छनोट
साविक विजेता इटली युरोकप २०२४ मा छनोट भएको छ । समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको खेलमा इटालीले युक्रेनलाई गोलरहित बराबरीमा रोक्दै युरो कपमा स्थान बनाएको हो ।
फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग भिड्दै
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह ‘एच’ को दोस्रो चरणको खेलमा नेपालले आज (मङ्गलबार) साँझ यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
बक्सिङ टोली अर्मेनिया प्रस्थान
आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार अर्मेनियाको येरेभान प्रस्थान गरेको छ ।
सूर्य नेपाल सेन्ट्रल ओपन : एमेच्योर टासीको अग्रता
सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन सोमबार एमेच्योर गल्फर टासी छिरिङले अग्रता लिनुभएको छ ।
‘शिक्षामा बुद्धिचाल’ कार्यक्रम घोषणा
नेपाल बुद्धिचाल महासङ्घले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ ।