• १८ असार २०८१, मङ्गलबार

नेपाल सुपर लिगका लागि सबै टोली तयार

blog

एनएसएल बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखाप

काठमाडौँ, मङ्सिर ६ गते । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) शुक्रबारदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । लिगको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा एनएसएलका निर्देशक श्रेयांस कार्कीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा लिगमा सहभागी नौ वटै टोलीका प्रशिक्षक र मार्की खेलाडीले टोलीको अभ्यास र तयारी पूरा भएकोले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएका छन् । लिगमा प्रत्येक टोलीले पाँच जना विदेशी खेलाडी अनुबन्ध गरेका छन् । लिगलाई थप मर्यादिन बनाउन भारतका दुई जना फिफा रेफ्री झिकाएको पनि आयोजकले जनाएको छ । 


एनएसएलको यो दोस्रो संस्करण हो । कोरोना भाइरसका कारण तीन बर्षअघि दशरथ रङ्गशालामा दर्शकविनै एनएसएल सञ्चालन भएको थियो । त्यसपछि विभिन्न कारणले स्थगित भएको लिग तीन वर्षपछि पुनः सुरु हुन लागेको हो ।

यसपटक दर्शकको उल्लेख्य सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । दर्शकलाई आकर्षक गर्न स्टेडियमा डीजे र चियर लिडरलाई समावेश गरिने बताईएको छ । लिगको दौरानमा आइभोरीकोस्टका लिजेन्ट फुटबलर डिडियर ड्रोग्बा समेत आयोजकले जानकारी दिएको छ ।

लिगमा नौ वटै टोलीले एक आमा खेलेपछि शीर्ष दुई  टोलीले क्वालिफायर र तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्ने छन् । लिगको उपाधि विजेता टोलीलाई ७० लाख देखि एक करोड रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।