• १२ मंसिर २०८१, बुधबार

राष्ट्रिय लेजर रन बुधबार

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, मङ्सिर ५ गते । नेपाल मोर्डन पेन्टाथलोन सङ्घ (एनएमपीए) को आयोजनामा बुधबार दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगिता हुनेभएको छ । सङ्घले राष्ट्रिय प्रतियोगिता पछि मङ्सिर १० गते युआइपिएम  ग्लोबल–लेजर रन सिटी टुर गर्ने जनाएको छ ।

राष्ट्रिय प्रतियोगितामा सात प्रदेशका एक सय भन्दाबढी खेलाडीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित पौडी पोखरी परिसरमा हुनेछ ।

यस प्रतियोगितामा सुटिङ र रनिङ स्पर्धा समावेश गरेको सङ्घले जनाएको छ । पेन्टाथलोनमा खासगरी पौडी, दौड, सुटिङ (लेजर गन) फेन्सिङ र घोडचढी खेलहरू समावेश गरिएको हुन्छ ।

ग्लोबल–लेजर रनमा भने आयोजक नेपालसहित बङ्गलादेश, भारत र पाकिस्तानको सहभागिता रहने बताइएको छ । अफगासिनस्तानले समेत सहभागिताको लागि चासो देखाएको सङ्घले जनाएको छ ।