• ३ जेठ २०८३, आइतबार

कालिका मन्दिरको वैशाख महिनामा ६१ लाख आम्दानी

blog

बागलुङको प्रसिद्ध धार्मिक स्थल कालिका भगवति मन्दिर। तस्बिरः नवराज नेपाली।

नवराज नेपाली

बागलुङ (गलकोट) जेठ ३ गते । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरले वैशाख महिनामा ६१ लाख ७८ हजार २१० रुपियाँ आम्दानी गरेको छ । आय–व्यय विवरण सार्वजनिक गर्दै कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले मन्दिरमा वैशाख महिनामा ११ लाख ५८ हजार ५४० रुपियाँ खर्च भएको जनाएको छ।

सार्वजनिक विवरण अनुसार भेटीबाट मात्रै ३६ लाख ८७ हजार ५४५ रुपियाँ सङ्कलन भएको छ । त्यसैगरी परेवाबाट १० लाख २९ हजार ५००, बोकाबाट १ लाख ३६ हजार ३५५, भाडाबाट ९ लाख ७१ हजार १४० तथा आर्थिक सहयोगबाट २ लाख ४ हजार २२० रुपियाँ आम्दानी भएको उल्लेख छ ।

त्यस्तै, चामलबाट ९३ हजार, पण्डितबाट २५ हजार ५००, कुखुराबाट ७ हजार ८ सय, विवाहबाट १४ हजार, व्रतबन्धबाट ३ हजार तथा राँगाबाट २ हजार ८ सय रुपियाँ आम्दानी भएको कालिका भगवती मन्दिर व्यवस्थापनका अध्यक्ष भुपेन्द्र खड्काले बताउनुभयो ।

खर्चतर्फ तलबमा ४ लाख ३१ हजार, पूर्वाधार निर्माणमा ६ लाख २ हजार ८००, बिजुली खर्चमा ३९ हजार ४० र खाद्यान्न तथा आवासमा ६० हजार रुपियाँ खर्च गरिएको छ। समितिका अनुसार वैशाख महिनामा खर्च कटाएर ५० लाख १९ हजार ६७० रुपियाँ बचत भएको छ । मन्दिर व्यवस्थापन, पूर्वाधार विकास तथा धार्मिक गतिविधिका लागि भेटी तथा सहयोग रकम प्रयोग हुँदै आएको समितिले जनाएको छ । बागलुङ कालिका भगवती मन्दिर गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपीठका रूपमा परिचित छ ।