गोविन्द शर्मा
बाँके, मङ्सिर ८ गते । नवौं धारा नेपालगन्ज म्याराथन शनिबार हुने भएको छ । नेपालगन्ज म्याराथनको विजेताले नगद दुई लाख पाउनेछन् ।
त्यसैगरी, दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५-५ हजारबाट पुरस्कृत हुनेछन्। म्याराथनमा ३० जनाको सहभागिता रहनेछ ।
एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताउनुभयो । उहाँले प्रतियोेगिताको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
यसैगरी, हाफ म्याराथन, १० किलोमिटर महिला र पुरुष विद्यालय स्तरीय ५ किलोमिटर दौड ह्वीलचेयर दौड किड्स रन पनि हुनेछ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगञ्ज म्याराथन हुन लागेको हो ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैटाैंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए ।
महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बन्नुभएको थियो । त्यसैगरी, पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।