• १८ असार २०८१, मङ्गलबार

अर्मेनियालाई हराउँदै क्रोएसिया युरो कपमा छनोट

blog

गोल गरेपछि क्रोएसियाका एन्टे बुदिमिर । तस्बिर : एपी/रासस

काठमाडौँ, मङ्सिर ६ गते । अर्मेनियालाई १–० ले हराउँदै क्रोएसियाले युरो कप २०२४ मा स्थान बनाएको छ । क्रोएसिया युरो कपमा छनोट हुने अन्तिम टिम बनेको छ । 

घरेलु मैदानमा मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई जिताउन एन्टे बुदिमिरले ४३औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । जितपछि समूह ‘डी’ बाट १६ अङ्क बनाएको क्रोएसिया दोस्रो स्थानमा रह्यो । शीर्षस्थानमा रहेको टर्कीले आठ खेलबाट १७ अङ्क बनाएको छ । यस समूहमा समान १२ अङ्क बनाएको वेल्सले छनोटका लागि प्लेअफ खेल्नुपर्ने भएको छ । 

मङ्गलबार राति नै भएको खेलमा वेल्स र टर्कीले १–१ गोलको बराबरी खेलेका थिए । अर्मेनिया र लात्भिया समूह चरणबाट बाहिरिए । यस्तै समूह  ‘बी’ को अर्को अन्तिम खेलका फ्रान्स ग्रीससँग २–२ गोलको बराबरीमा रोकिएको छ । बराबरीसँगै शीर्षस्थानमा रहेको फ्रान्सले २२ अङ्क बनायो । १८ अङ्क बटुलेको नेदरल्यान्ड्स उपविजेता बन्यो । 

ग्रीस १३ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । ६ अङ्क बनाएको रिपब्लिक अफ आयरल्यान्ड चौथो र अङ्कविहीन गिब्राल्टार अन्तिममा रह्यो । युराे कप फुटबल सन् २०२४ मा जर्मनीमा हुँदैछ । एजेन्सी