हेटौँडामा एसिया ओपन बुद्धिचाल बुधबारदेखि
बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबारदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
ढोरपाटन महिला भलिबल लिग माघमा
१६औँ संस्करणको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि २२ गतेसम्म हुने भएको छ ।
नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन हुने
नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी फागुनको अन्तिम साता राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
केपी ओली कप टी-२० : मधेस सेमिफाइनलमा
नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशसँग पुलिस ४ विकेटले पराजित भएको हो ।
बङ्गलादेश कबड्डी लिगमा नेपालका चार खेलाडी
बङ्गलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् । चारैले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन् ।
पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सोमबारदेखि पोखरामा आइटिएफ जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ ।
राखेप सदस्य सचिव घिसिङलाई एसिया रग्बी सेवा अवार्ड
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा अवार्डबाट सम्मान गरेको छ । नेपाल रग्बी सङ्घको पूर्व अध्यक्ष समेत रहनुभएका घिसिङलाई नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय योगदान दिएकोले सम्मान गरिएको हो ।
केपी ओली कप : आर्मीको विजयी सुरुवात
समूह ‘डी’ अन्तर्गत पोखरा रङ्गशालामा सोमबार भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई एक सय १० रनले हरायो ।
काडिजलाई हराउँदै रियल शीर्षस्थानमा
काडिजलाई उसैको मैदानमा हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले काडिजलाई ३–० गोलले हरायो ।
इटालीलाई ४७ वर्षपछि डेभिस कप उपाधि
डेभिस कप टेनिस प्रतियोगिताको उपाधि इटालीले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा अस्ट्रेलियालाई २-० ले हराउँदै इटाली ४७ वर्षपछि भिस कप च्याम्पियन बनेको हो ।
राष्ट्रपति रनिङ शिल्ड हिमज्योतिलाई
गाउँपालिका केन्द्र सर्केगार्डमा सञ्चालन भएको सर्केगार्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमज्योति मावि विजयी भएको छ । गाउँपालिकाका चार माविबिच भएको सो प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जितेर हिमज्योति मावि पहिलो भएको हो ।
युनाइटेडको सानदार जित
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले एभर्टनलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
अर्जुनचौपारीमा प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव हुने
अर्जुनचौपारी गाउँपालिकाले प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव गर्ने भएको छ । पालिका बनेको सातौ वर्षमा गाउँपालिकाको खेल मैदानमा पहिलो राष्ट्रपति कप मङ्सिर १९ देखि २२ गतेसम्म सञ्चालन हुने छ ।
दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्याज्योति माविलाई
जलजला गाउँपालिकाको माविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि विद्याज्योती मा.वि.ले जित हात पारेको छ ।
नेपाल सुपर लिग : धनगढीको विजयी सुरुवात
साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा धनगढी एफसीले वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हरायो ।
पाँचौँ मेयर कप टेबल टेनिस मङ्गलबारदेखि
पाँचौँ संस्करणको ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिताको मङ्सिर १२ देखि १६ गतेसम्म हुने भएको छ ।
आत्मघाती गोल सहयोगमा हारबाट जोगियो बार्सिलोना
साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग उसैको मैदानमा १–१ गोलको बराबरमिा रोकियो ।
ब्रेन्टफर्डलाई हराउँदै आर्सनल शीर्षस्थानमा
ब्रेन्टफर्डलाई उसैको मैदानमा हराउँदै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफर्डलाई १–० गोलले हरायो ।
क्रस कन्ट्रीमा नेपाली धावकको दबदबा
शनिवार भएको नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली धावकको दबदबा देखिएको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरमा नेपाली टोली च्याम्पियन बनेको छ ।
-याफ्टिङ एन्ड क्यानोइङमा श्रेष्ठ
नेपाल -याफ्टिङ एन्ड क्यानोइङ सङ्घको पाँचौँ चुनावी साधारण सभाले राजीव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । यसअघि श्रेष्ठ करिब ३ वर्ष सङ्घको कार्यवाहक अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो ।
नवौँ नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीलाई
नवौँ नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जित्नु भएको छ । उपाधिसँगै पार्कीले दुई लाख नगद पुरस्कार पनि जित्नु भएको छ ।
पोखरा थन्डर्सको विजयी सुरुवात
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा पोखराले एफसी चितवनलाई १–० गोलले हरायो ।
माउन्टेन क्रस कन्ट्री दौड सुरु
पोखरा नेपाल माउण्टेन क्रस कन्ट्री दौड शनिबार बिहान सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन् सङले सुरुआत गर्नुभयो ।
विश्वकप क्रिकेटमा अस्ट्रेलियाको उचाइ
विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक सधैँ प्रमुख दाबेदारका रूपमा रहेको हुन्छ । सन् २०११ देखि लगातार आयोजक राष्ट्रले नै विश्वकप जितेको दृष्टान्त छ । त्यसैले पनि यसपालि प्रतियोगिताअघि भारतले नै विश्वकप जित्छ भनेर ठुलै होहल्ला भयो । भारतको टिम बलियो पनि थियो । त्यसैले राम्रो टिम त्यसमा पनि घरेलु मैदानमा खेल्ने भएकाले भारतले यसपालि विश्वकप जित्ने धेरैले अपेक्षा गरेका थिए । भारतको क्रिकेट टिम फाइनलअघिसम्म अजय नै देखिन्थ्यो । भारत लगातार दस खेल