• १८ असार २०८१, मङ्गलबार

काडिजलाई हराउँदै रियल शीर्षस्थानमा

blog

बल खोस्ने प्रयास गर्दै रियल र काडिजका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, मङ्सिर ११ गते । काडिजलाई उसैको मैदानमा हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले काडिजलाई ३–० गोलले हरायो ।

एकपक्षीय खेलमा रियललाई जिताउन रोड्रीगोले १४औँ र ६४औँ मिनेटमा दुई गोल गर्नुभयो । अर्को गोल जुड बेलिङ्घमले ७४औँ मिनेटमा थप्नुभएको थियो । जितसँगै रियलले १४ खेलबाट ३२ अङ्क बनाएको छ । दोस्रो स्थानमा झरेको जिरोनाको ३४ अङ्क छ । पराजित काडिज १० अङ्कसहित १६औँ स्थानमा छ ।

तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र चौथो स्थानमा रहेको बार्सिलोनाको समान ३१ अङ्क छ । आइतबार राति नै भएको अर्को खेलमा रियल बेटिसले लस प्लामसलाई १–० गोलले स्तब्ध बनायो ।एजेन्सी