• १८ असार २०८१, मङ्गलबार

पोखरा थन्डर्सको विजयी सुरुवात

blog

शनिबारको खेलमा प्रतिस्पर्धा गर्दै पोखरा थन्डर्स र एफसी चितवन ।

काठमाडौँ, मङ्सिर ९ गते । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा पोखराले एफसी चितवनलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेस ट्वमले निर्णायक गोल गर्नुभयो । उहाँले ७२औँ मिनेटमा स्टेसन अन्नोरको पासमा गोल गर्दै पोखरालाई जिताउनुभएको हो ।

चितवनको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल हुन सकेन । एनएसएल अन्तर्गत शनिबार साँझ ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच अर्को प्रतिस्पर्धा हुनेछ ।