• १८ असार २०८१, मङ्गलबार

युनाइटेडको सानदार जित

blog

भर्टनविरुद्ध सट प्रहार गर्दै युनाइटेडका अलेजान्द्रो गर्नाचो । तस्बिर : गोल डटकम

काठमाडौँ, मङ्सिर ११ गते । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले एभर्टनलाई उसैको मैदानमा ३–० गोलले हरायो ।

एकपक्षीय खेलमा युनाइटेडलाई जिताउन अलेजान्द्रो गर्नाचोले तेस्रो, मार्कस रासफोर्डले ५६औँ र एन्थोनी मार्टियलले ७५औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै १३ खेलबाट २४ अङ्क बनाएको युनाइटेड छैटौँ स्थानमा छ ।

पराजित एभर्टन चार अङ्कसहित १९औँ स्थानमा छ । अर्को खेलमा एस्टन भिल्लाले टोट्टनहामलाई उसैको मैदानमा २–१ गोलले स्तब्ध बनायो । एजेन्सी