नेपाल सुपर लिग : धनगढीको लगातार दोस्रो जित
साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा लगातार दोस्रो जित निकालेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हरायो ।
लिग तेक्वान्दो : दिप्सन र श्रृष्टिलाई स्वर्ण
गोदावरी इन्टरनेसनल तेक्वान्दोका दिप्सन महर्जन र न्युजेनकी श्रृष्टि स्याङबोले दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ । एकल पुम्सेको यु–१२ पुरुषमा दिप्सन तथा महिलामा श्रृष्टि पहिलो हुनुभएको हो ।
एसियाली बुद्धिचालमा विदेशी खेलाडीको वर्चस्व
हेटौँडामा जारी हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगितामा बिहीबार तेस्रो चरणका खेल सम्पन्न हुँदा विदेशी खेलाडीले वर्चस्व जमाएका छन् ।
खेल सङ्घको वर्गीकरण गर्ने तयारीमा राखेप
खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल सङ्घलाई वर्गीकरण गर्ने तयारी गरेको छ ।
नेपाल फिफा वरीयतामा दुई स्थान खस्कियो
नेपाल फिफा वरीयतामा दुई स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल दुई स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको हो । यसअघि नेपाल एक सय ७३औँ स्थानमा थियो ।
दुई लाख राशिको भलिबल प्रतियोगिता हुँदै
राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिता प्युठानको माण्डवी गाउँपालिकामा सुरु भएको छ । प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना उत्कृष्ट फुटबल खेलाडीलाई यसै मङ्सिर महिनादेखि भत्ता उपलब्ध गराउने भएको हो ।
टेस्ट टोली जिम्बावेलाई पछि पार्दै युगान्डा पहिलो पटक टी–२० विश्वकपमा छनोट
टेस्ट टोली जिम्बावेलाई पछि पार्दै युगान्डा सन् २०२४ को टी–२० विश्वकपमा छनोट भएको छ । अफ्रिका महादेशीय छनोट अन्तर्गत नामिबियामा बिहीबार भएको खेलमा युगान्डाले रावान्डालाई नौ विकेटले हरायो ।
चौथो फोर्टिन स्टार कप हुँदै
गुल्मीमा चौथो फोर्टिन स्टार कप सञ्चालन हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्र फुटबल प्रतियोगिता हुने भएको हो ।
आर्मी केपी ओली कप : त्रिभुवन आर्मी फाइनलमा
बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
हेटौँडामा एशियाली खुला बुद्धिचाल प्रतियोगिता सुरु
नेपाल खेलकुद महासङ्घ, हेटौँडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा हेटौँडामा सुरुभएको नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल भारतीय खेलाडीसँग पराजित हुनुभएको छ ।
हेटौँडामा एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु
बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबारदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
कराते रेफ्री र प्रशिक्षक सेमिनार सुरु
नेपाल कराते महासङ्घको आयोजनामा एसियाली कराते महासङ्घ (एकेएफ) रेफ्री र प्रशिक्षक सेमिनार बुधबारदेखि सुरु भएको छ ।
केपी ओली कप : कोशीको सान्त्वना जित
पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ ।
लिग तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि
दोस्रो एनटिए लिग तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि हुने भएको छ । मङ्सिर १६ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा पुम्से र ग्यरोगीतर्फ ७२ स्वर्ण पदकका लागि ६५० खेलाडीको सहभागिता रहने आयोजक नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।
प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’
राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ ।
काठमाडौँ र चितवन बराबरीमा
नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्स र चितवन एफसी बराबरीमा रोकिएको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा काठमाडौँ र चितवन १-१ गोलको बराबरीमा रोकिएको हो ।
यु–१९ एसिया कप क्रिकेट टोलीको घोषणा
सन् २०२३ को यु–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।
नामिबिया टी–२० विश्वकपमा छनोट
नामिबिया सन् २०२४ को आइसिसी टी-२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी छनोट अन्तर्गत घरेलु मैदानमा मङ्गलबार भएको खेलमा तान्जानियालाई ५८ रनले हराउँदै नामिबियाले विश्वकपमा स्थान बनाएको हो ।
हेटौँडामा एसिया ओपन बुद्धिचाल बुधबारदेखि
बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबारदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
ढोरपाटन महिला भलिबल लिग माघमा
१६औँ संस्करणको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि २२ गतेसम्म हुने भएको छ ।
नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन हुने
नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी फागुनको अन्तिम साता राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
केपी ओली कप टी-२० : मधेस सेमिफाइनलमा
नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशसँग पुलिस ४ विकेटले पराजित भएको हो ।
बङ्गलादेश कबड्डी लिगमा नेपालका चार खेलाडी
बङ्गलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् । चारैले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन् ।