• १२ मंसिर २०८१, बुधबार

नेपाल फिफा वरीयतामा दुई स्थान खस्कियो

blog

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल फिफा  वरीयतामा दुई स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल दुई स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको हो । यसअघि नेपाल एक सय ७३औँ स्थानमा थियो ।

नेपालले हालै सम्पन्न सन् २०२६ को विश्वकप छनोटको दोस्रो चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र यमनसँग हार खेपेका कारण वरीयतामा खस्किएको हो । दक्षिण एसियाली देशमा भने नेपाल तेस्रो स्थानमा छ । भारत समग्रमा १०२ माल्दिभ्स एक सय ६१औँ स्थानमा छ । 

यस्तै बङ्गलादेश एक सय ८३औँ, भुटान एक ८४औँ, पाकिस्तान एक सय ९५औँ र श्रीलङ्का २०४औँ स्थानमा छ । विश्व वरीयताको शीर्षस्थानमा विश्वकप विजेता अर्जेन्टिना रहेको छ । उपविजेता फान्स दोस्रो, इङ्गल्यान्ड तेस्रो, बेल्जियमले चौथो र ब्राजिल पाँचौँ स्थानमा छ ।