• १२ मंसिर २०८१, बुधबार

लिग तेक्वान्दो : दिप्सन र श्रृष्टिलाई स्वर्ण

blog

दोश्रो एनटीए लिग तेक्वान्दोको उद्घाटनका अवसरमा प्रदर्शनी गर्दै खेलाडी ।

काठमाडौँ, मङ्सिर १४ गते । गोदावरी इन्टरनेसनल तेक्वान्दोका दिप्सन महर्जन र न्युजेनकी श्रृष्टि स्याङबोले दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ । एकल पुम्सेको यु–१२ पुरुषमा दिप्सन तथा महिलामा श्रृष्टि पहिलो हुनुभएको हो । 

पुरुषमा गोदावरीका नीरव महर्जन दोस्रो तथा न्युजेनका आरभचन्द ठकुरी र सुप्रिम शिव बाबाका थुप्तेन योञ्जन तेस्रो हुनुभयो । महिलामा गोदावरीका एरिन महर्जन दोस्रो तथा युमी पाख्रिन र प्रकृति प्रजा तेस्रो स्थानमा रहनुभयो । 

नेपाल तेक्वान्दो सङ्घद्वारा आयोजित प्रतियोगिताको पेयर पुम्सेको यु–१२ मा न्युजेनका श्रष्टि स्याङबो र आरभचन्द्र ठकुरी पहिलो हुनुभयो । टिम पुम्सेका यु–१२ मा गोदावरीका दिप्सन महर्जन, नीरव महर्जन र आयुध शाहीले शीर्ष स्थान हात पार्नुभयो । सो स्पर्धाको महिलामा गोदावरीका युमि पाख्रिन र एरिन महर्जनले स्वर्ण जित्नुभयो । 

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो । प्रतियोगितामा पुम्से र ग्यरोगीमा जम्मा ७२ स्वर्णका लागि करिब ६५० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।