• १२ साउन २०८१, शनिबार

कराते रेफ्री र प्रशिक्षक सेमिनार सुरु

blog

सेमिनारका सहभागी कराते रेफ्री र प्रशिक्षकहरु ।

काठमाडौँ, मङ्सिर १३ गते । नेपाल कराते महासङ्घको आयोजनामा एसियाली कराते महासङ्घ (एकेएफ) रेफ्री र प्रशिक्षक सेमिनार बुधबारदेखि सुरु भएको छ । सेमिनारमा नेपाल, बङ्गलादेश, पाकिस्तान, भारत र श्रीलङ्का गरी पाँच राष्ट्रको सहभागिता रहेको मिडिया संयोजक एवम् आठौँ दक्षिण एसियाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रवि महर्जनले जानकारी दिनुभयो । 

सेमिनारमा नेपालबाट ८०, बङ्गलादेशबाट २६, पाकिस्तानबाट एक, भारतबाट ४० र श्रीलङ्काबाट ११ जना सहभागी छन् । सेमिनार एकेएफअन्तर्गत रेफ्री कमिसनका अध्यक्ष मन्सुर अल सुल्तान, सचिव माइकल हुवाङ तथा सदस्य अस्कर र जाबर तथा नेपाल कराते महासङ्घअन्तर्गत रेफ्री कमिसनका संयोजक प्रकाशमोहन धौवडेलले सञ्चालन गर्नुभएको छ । 

नेपाल कराते महासङ्घले आयोजना गर्ने सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पूर्व सन्ध्यामा दुई दिने सेमिनार आयोजना गरिएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु हुँदैछ ।