काठमाडौँ, मङ्सिर ११ गते । डेभिस कप टेनिस प्रतियोगिताको उपाधि इटालीले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा अस्ट्रेलियालाई २-० ले हराउँदै इटाली ४७ वर्षपछि भिस कप च्याम्पियन बनेको हो ।
इटालीका लागि पहिलो खेलमा माटियो अर्नाल्डीले अष्ट्रेलियाका एलेक्सी पपीरिनलाई ७-६, २-६, ६-४ ले हराउनुभयो । दोस्रो खेलमा जानिक सिनरले एलेक्स डी मिनौरलाई ६-३, ६-० ले हराउनुभयो । यसअघि इटाली सन् १९७६ मा च्याम्पियन बनेको थियो ।
इटालीले पछिल्लो पटक सन् १९९८ मा फाइनलमा पुगेको थियो । सेमिफाइनलमा इटालीले सर्वियालाई २-१ र अस्ट्रेलियाले फिनल्यान्डलाई २-० ले हराएर फाइनलमा स्थान बनाएका थिए । एजेन्सी