सुनिरालाई टेनिसको डबल्समा रजत
नेपाली टेनिस खेलाडी सुनिरा थापाले विमान २९औँ राजशाही अन्तर्राष्ट्रिय यु–१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा रजत पदक जित्नुभएको छ ।
विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिल पराजित
साविक विजेता अर्जेन्टिना र ब्राजिलले सन् २०२६ को फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा हार खेपेका छन् । घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० गोलले पराजित भयो ।
फिफा विश्वकप छनोटः नेपाल युएईसित पराजित
फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स ९युएई०सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो ।
अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा, दक्षिण अफ्रिका ३ विकेटले पराजित
बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो।
विश्वकप क्रिकेट सेमिफाइनल : दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो २१३ रनको चुनौती
एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको चुनौती दिएको छ।
नेपाल हङकङसँग पराजित
चार देश सम्मिलित टी-२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
हङकङलाई जितका लागि ५७ रनको लक्ष्य
चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज (बिहीबार) भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ ।
महिला टी–२० सिरिज : नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने
चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
आजका सबै भलिबल खेल स्थगित
मोटरसाइकल दुर्घटनामा मृत्यु भएका गण्डकी प्रदेशका भलिबल सदस्य सन्तोष बहादुर थापाको सम्मानमा बिहीबार प्रदेशका सबै भलिबल खेलहरू स्थगित गरिएको छ ।
महिला टी–२० सिरिजः नेपालले आज हङकङसित खेल्ने
चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । समूह चरणको अर्को खेल अहिले ७ः१५ बजे जापान र तान्जानियाबीच हुँदै छ ।
भारत विश्वकप क्रिकेटको फाइनलमा : सामीको नाममा सात विकेट
टस जितेर पहिलो ब्याटिङ गरेको भारतले न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य दिएको थियो। विशाल रनको लक्ष्य पछ्याएको न्युजल्यान्ड ४८.५ ओभरमा ३२७ रन बनाउँदै अलआउट भयो।
विश्व क्रिकेटमा कोहलीको कीर्तिमानी ५० औं शतक
विश्व क्रिकेटमा भारतका ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी शतक प्रहार गर्नुभएको छ।
महिला क्रिकेटः नेपाल तान्जेनियासँग पराजित
चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ।
महिला टि-ट्वान्टी शृङ्खला : आज ताञ्जेनियासँग खेल्दै नेपाल
हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलामा नेपालले ताञ्जेनियासँग खेल्दैछ। शृङ्खलाको पहिलो खेल भाइटीकाको दिन ताञ्जेनियासँग खेल्न लागेको हो।
विश्वकप क्रिकेट : आज सेमिफाइनलमा भारतको सामना गर्दै न्युजिल्यान्ड
एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल आज हुँदैछ।
विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा बुधबार भारतको सामना गर्दै न्युजिल्यान्ड
न्युजिल्यान्ड भने रनरेटको आधारमा सेमिफाइनल प्रवेश गरेको हो। यो खेल बुधबार दिउँसो २ः१५ बजे भारतको वनखडे स्टेडियममा सुरु हुँदैछ।
महिला टि-ट्वान्टी शृङ्खला : बुधबार ताञ्जेनियासँग खेल्दै नेपाल
शृङ्खलाको पहिलो खेलमा नेपालले भाइटीकाको दिन ताञ्जेनियासँग खेल्न लागेको हो।
राष्ट्रपति रनिङ शिल्ड चन्द्रप्रकाश माविलाई
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रप्रकाश मावि विजेता भएको छ। दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका मावि स्तरीय प्रतियोगितामा चन्द्रप्रकाश माविले सबै भन्दा बढी स्वर्ण पदक जितेर विजेता भएको हो।
अग्लुङ्गको सनराइज र धुर्कोटलाई भलिबल उपाधि
गुल्मीको मदाने गाउँपालिकाको कंकेदेउरालीमा भएकोमा भलिबलको उपाधी पुरुषतर्फ अग्लुङ्गको द सनराईज युथ क्लब र महिलातर्फ धुर्कोट गाउँपालिकाको समुहले प्राप्त गरेको छ ।
क्रिकेटर गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई सोमबार गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ ।
नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित
चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित हुनुभएको छ ।
श्रेयश र केएलको शतकमा नेदरल्यण्डसमाथि भारतको शानदार जित
विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भारतले नेदरल्याण्डसमाथि १६० रनको शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको भारतले दिएको ४११ रनको चुनौती नेदरल्याण्डसका लागि भारी भएको हो।
मण्डली कपको उपाधि निस्दी खेलकुद विकास समितिलाई
‘सातौं मण्डली कप–२०८०’ को उपाधी निस्दी खेलकुद विकास समिति पाल्पाले जितेको छ । दिपावली तथा छठ पर्वको अवसरमा भएको खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा मणीमुकुन्द भलिबल क्लव रुपन्देहीलाई ३–२ सेटले पराजित गर्दै उपाधी हात पारेको हो ।
महिला टि २० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान
हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।