• १८ वैशाख २०८१, मङ्गलबार

राष्ट्रपति रनिङ शिल्ड चन्द्रप्रकाश माविलाई

blog

विजेता माविका छात्रछात्रा। तस्बिर : राजन रावत

हुम्ला, कात्तिक २७ गते। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रप्रकाश मावि विजेता भएको छ। दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका मावि स्तरीय प्रतियोगितामा चन्द्रप्रकाश माविले सबै भन्दा बढी स्वर्ण पदक जितेर विजेता भएको हो। 

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जयरुद्ध ढकालले एक हप्ता भन्दा बढी समयसम्म सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रप्रकाश माविले सबै भन्दा बढी स्वर्ण पदक जितेर प्रतियोगिताको विजेता भएको बताउनुभयो। 

उक्त विद्यालयले छात्राछात्र गरेर बाह्र स्वर्ण, नौ रजत र आठ कास्य गरेर जम्मा २९ पदक हात पार्दै प्रथम स्थान हुन सफल भएको हो। 

धर्मोदय माविले नौ स्वर्ण, सात रजत र बाह्र कास्य गरेर २८ पदक हात पार्दै दितीय स्थान हुन सफल भएको हो। त्यसैगरी जनप्रकाश माविले पाँच स्वर्ण, पाँच रजत र आठ कास्य गरेर अठार पदक हात पार्दै प्रतियोगितामा तृतीय स्थान प्राप्त गरेको छ। 

बिजेट माविलाई शिल्ड, पदक तथा पुरस्कार गाउँपालिका अध्यक्ष लालकेश जैसी, उपाध्यक्ष सुरेन्द्र थापा लगायतले प्रदान गर्नुभएको थियो। कात्तिक १९ गते जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।