• १३ असोज २०८१, आइतबार

आजका सबै भलिबल खेल स्थगित

blog

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक ३० गते । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका गण्डकी प्रदेशका भलिबल सदस्य सन्तोषबहादुर थापाको सम्मानमा बिहीबार प्रदेशका सबै भलिबल खेलहरू स्थगित गरिएको छ । 

गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीन गुरुङले सन्तोषको सम्मानमा प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिता स्थगित गरिएको बताउनुभयो । 

प्रदेशको भलिबलले ठुलो क्षति व्यहोरेको बताउँदै गुरुङले एक उत्कृष्ट युवा खेलाडी प्रदेशले गुमाएको बताउनुभयो । 

चापाकोट नगरपालिका २ का २२ वर्षीय सन्तोषको मङ्गलवार राति वालिङमा भलिबल खेलमा सहभागी भएर घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।