• ७ जेठ २०८१, सोमबार

सुनिरालाई टेनिसको डबल्समा रजत

blog

सुनिरा थापा र श्रीलंकाकी दिनेथ्या धर्मरत्ने पदकसहित ।

काठमाडौं, मङ्सिर १ गते । नेपाली टेनिस खेलाडी सुनिरा थापाले विमान २९औँ राजशाही अन्तर्राष्ट्रिय यु–१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा रजत पदक जित्नुभएको छ । 

बङ्गलादेशमा शुक्रबार भएको फाइनल खेलमा भारतका साइजयनी बनेर्जी र पाल उपाध्यायको जोडीले सुनिरा र श्रीलङ्काकी दिनेथ्या धर्मरत्नेको जोडीलाई ७–५, ७–६ को सेटमा पराजित गर्नुभयो । प्रतियोगिता अड्भोकेट अब्दुस सलाम टेनिस कम्प्लेक्स, राजशाहीले आयोजना गरेको हो ।

यसअघि बङ्गलादेशको ढाकामै भएको वर्ल्ड टेनिस टुर जुनियर, जिआर ५ को महिला सिंगल्समा पनि सुनिराले नेपाललाई रजत पदक दिलाउनुभएको थियो ।