• ४ जेठ २०८३, सोमबार

पैनीमा डुबेर एक जनाको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल
दमक, जेठ ४ गते ।
झापाको गौरादहमा छोरीको घरमा पाहुना आएका एक व्यक्तिको पैनीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार अपराह्न गौरादह नगरपालिका–२, सिटिया टोलस्थित पैनीमा डुबेर ६० वर्षीय बाबुराम हस्दाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्कका अनुसार प्रारम्भिक अनुसन्धानबाट मोरङको पथरीशनिश्चरे नगरपालिका–५, मौलीबारी स्थायी घर भएका हस्दा छोरीको घर गौरादहमा पाहुना बसेको खुलेको छ ।

स्थानीयवासीले पैनीमा हस्दाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।