• ६ जेठ २०८१, आइतबार

अग्लुङ्गको सनराइज र धुर्कोटलाई भलिबल उपाधि

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक २७ गते । गुल्मीको मदाने गाउँपालिकाको कंकेदेउरालीमा भएकोमा भलिबलको उपाधि पुरुषतर्फ अग्लुङ्गको द सनराईज युथ क्लब र महिलातर्फ धुर्कोट गाउँपालिकाको समुहले प्राप्त गरेको छ ।

जनसेवाका लागि जनप्रिय युवा क्लब पुर्कोटदहको १७ औं वार्षिकोत्सबसँगै गरिएको महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता समेत आयोजना गरिएको हो । भलिबल प्रतियोगितामा पुरुषतर्फ १८ समुह र महिलातर्फ सात समुह सहभागी भएको आयोजकले जनाएको छ ।

पुरुषतर्फ विजेता मदाने गाउँपालिका वडा  १ अग्लुङ्गको द सनराईज यूथ क्लबले ३० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । महिलार्फ विजेता धुर्कोट गाउँपालिकाको समुहले १० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै, पुरुषतर्फ उपविजेता भएको मदाने गाउँपालिका वडा  ५ मलागिरिको सत्यसाही यूवा क्लबले १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । महिलातर्फ उपविजेता भएको आयोजक संस्था जनप्रिय युवा क्लबले पाँच हजार नगदसहित कप, मेडल र प्राप्त गरेको छ ।

पुरुषतर्फ सत्यसाही युवा क्लबका नवराज खड्का र महिलातर्फ आयोजक संस्था जनप्रिय युवा क्लबका सुशीला परियारलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरिएको छ । पुरुष भलिबल प्रतियोगितामा छिमेकी जिल्ला बाग्लुङ्ग र छिमेकी गाउँपालिका इस्मा, धुर्कोटलगायतबाट सहभागी रहेको थियो ।

क्लबको आयोजनामा प्रथम मदाने कंकेदेउराली जनप्रिय पुर्कोटदह कृषि पर्यटन व्यापार सांस्कृतिक खेलकुद महोत्सवको आयोजना गरिएको थियो । सामाजिक, साँस्कृतिक सम्पदा संरक्षण हाम्रो हात, युवा तथा देश विकास गतिशीलतामा हाम्रो साथ भन्ने नारासहित सात दिनसम्म सञ्चालन भएको महोत्सव मदाने गाउँपालिका वडा  ६ पुर्कोटदहस्थित थामपोखरी खेल मैदान चामागाउँमा सञ्चालन भएको थियो ।