• १२ मंसिर २०८१, बुधबार

दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्याज्योति माविलाई

blog

प्रनिश गिरी

कुश्मा-पर्वत, मङ्सिर ११ गते । जलजला गाउँपालिकाको माविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि विद्याज्योति मा.वि.ले जित हात पारेको छ । 

मल्लाजमा शनिबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ९ रजत र २ काँस्य पदकसहित विद्याज्योति पहिलो विजेता भएको हो । ११ स्वर्ण, ३ रजत र ६ वटा कास्य सहित २० वटा पदक जितेको जनकल्याण मा.वि. नाग्लीवाङ उपविजेता बनेको हो । 

दुई स्वर्ण, तीन रजत र एक काँस्यसहित ६ वटा पदक जितेको सालिजा मावि तेस्रो, दुई स्वर्ण र दुई काँस्य पदक जितेको ग्रामप्रकाश मावि लेकफाँट चौथो भएको छ । लुङ्दी आधारभूतले एक स्वर्ण, एक काँस्य, बनौ माविले एक रजत, कृष्णभवन धर्म माविले एक-एक वटा रजत र काँस्य, शिव माविले तीन-तीन वटा रजत र काँस्य पदक जितेको छ । 

फर्से धाइरिङ माविले एक रजत र दुई कास्य, ज्योति माविले एक कास्य, ज्योतिमण्डल माविले एक रजत, फट्केढुङ्गा आधारभूतले एक रजत र अमृत आदर्श माविले चार रजत र एक कास्यसहित पाँच वटा पदक हासिल गरेको छ । 

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १५ वटा विद्यालय विद्यालय सहभागी थिए । सहभागी भएकामध्ये शान्ति आधारभूत विद्यालयले कुनै पनि पदक हासिल गर्न सकेन । गाउँपालिकाको शिक्षा अधिकृत त्रिविक्रम आचार्यका अनुसार एथलेटिक्स, कबड्डी र भलिबल विधामा तीन सय जनाभन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । 

भलिबलमा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमश रु. छ हजार, चार हजार पाँच सय र तीन हजार, कबड्डीमा प्रथम, द्वितीयर तृतीय हुनेले चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सय र एथलेटिक्स विधाका खेलमा प्रथम हुने खेलाडीले व्यक्तिगत रु. एक हजार दुई सयदेखि दुई हजार रुपियाँसम्म पुरस्कार प्राप्त गरेका छन् । 

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । गाउँपाकिाका अनुसार उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइनेछ ।