• १८ असार २०८१, मङ्गलबार

युक्रेनलाई रोक्दै इटाली युरो कपमा छनोट

blog

युरो कप छनोटमा प्रतिस्पर्धा गर्दै इटाली र युक्रेनका खेलाडी । तस्बिर : एपी

काठमाडौँ, मङ्सिर ५ गते । साविक विजेता इटली युरोकप २०२४ मा छनोट भएको छ । समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको खेलमा इटालीले युक्रेनलाई गोलरहित बराबरीमा रोक्दै युरो कपमा स्थान बनाएको हो ।

इटाली समूहमा १४ अङ्क जोड्दै उपविजेता बन्यो । समान १४ अङ्क बनाएको युक्रेन इटलीसँग हेड टु हेडका आधारमा पछि परेको छ । छनोटको लागि युक्रेनले अब प्लेअफ खेल्नुपर्ने बाध्यता भएको छ । पहिलो लेगमा इटालीले युक्रेनलाई २-१ गोलले हराएको थियो । 

यस्तै समूह ‘सी’ कै अर्को खेलमा इङ्ल्यान्ड नर्थ मेसोडनेसियासँग १-१ गोलको बराबरीमा रोकिएको छ । इङ्ल्यान्ड यसअघिनै समूह विजेताको रुपमा युरो कपमा छनोट भकेको छ ।

समूह ‘ई’ बाट चेक रिपब्लिक मोल्दोभोलाई ३-० गोलले हराउँदै युरो कपमा छनोट भएको छ । समूह ‘एच’ बाट स्लोभेनियाले कजाकस्तानलाई २-१ गोलले हराउँदै युरो कपमा छनोट भएको छ ।

यस समूहबाट डेनमार्क समूह विजेता बन्दै छनोट भएको छ । तर सोमबार राति डेनमार्क नर्दन आयरल्यान्डसँग २-० गोलले पराजित भएको थियो । युरो कप फुटबलको आगामी संस्करण सन् २०२४ मा जर्मनीमा आयोजना हुँदैछ । एजेन्सी