• २९ वैशाख २०८१, शनिबार

टी-२० विश्वकपमा छनोट भएमा नोबेले १५ लाख दिने

blog

काठमाडौं, कात्तिक १५ गते । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप एकमुष्ठ १५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेको छ ।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले बुधबार प्रेस विज्ञप्तिका अनुसार नेपाल फाइनलमा विजयी भएमा थप पाँच रुपियाँ प्रदान गर्नुभएको छ । सो अस्पतालले खेलाडीहरूलाई निःशुल्क एवम् सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

समूह एको अन्तिम खेलअन्तर्गत नेपालले बिहीबार ओमानसँग खेल्नेछ । नेपाल र ओमान एक खेलअगावै सेमिफाइनलमा पुगिसकेका छन् । नेपालमा भइरहेको आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली सन् २०२४ मा हुने टी२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।