• २२ वैशाख २०८१, शनिबार

खेलकुद मन्त्री लिम्बू र राजदूत नोभिकोभबीच भेट

blog

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसँग भेटवार्ता गर्नुहुँदै नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए. नोभिकोभ ।

काठमाडौं, कात्तिक १६ गते । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए. नोभिकोभबीच बिहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुद मन्त्री लिम्बूको कार्यकक्षमा भएको भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्ष बारे छलफल भएको थियो ।

राजदूत नोभिकोभले गेम्समा नेपालको सहभागिताबारे यकिन हुन चाहेको बताउँदै गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समय मिले त्यसको तयारी गर्न रुस तयार रहेको बताउनुभयो ।

खेलकुद मन्त्री लिम्बूले नेपाल र रुसबीचको लामो र सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुहुँदै गेम्समा सहभागिताका लागि गम्भीर रहेको बताउनुभयो ।

खेलकुद मन्त्रालयका सचिव र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गेम्सको विविध पक्ष बारे जानकारी लिनुभएको थियो । सो अवसरमा सन् २०२४ मा रुसकै सोचीमा मार्चमै हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिता बारे पनि कुराकानी भएको थियो ।