काठमाडौं, कात्तिक १८ गते । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना भएको छ दिने बुलेट राइड सम्पन्न भएको छ ।
४५ वटा बुलेट बाइक समावेश सो राइडको पहिलो दिन काठमाडौँदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, चौथो दिन ढोरपाटनदेखि पोखरा, पाचौं दिन पोखरामा रिफ्रेसमेन्ट र छैटौँ दिन पोखरादेखि काठमाडौँ आएर समाप्त भएको हो ।
यात्राको क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालका सुन्दर पर्यटकीय स्थलको प्रवर्द्धनमा सहयोग पुर्याएकोमा ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख, प्रशासकीय प्रमुख, लायन्स क्लब, स्थानीय क्लबहरू, पत्रकारहरू, होटेल व्यवसायी, स्थानीय जनसमुदायहरूले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।
आयोजक बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकी (महापुरुष) ले हरेक वर्ष नेपालका कम्तीमा तीन पर्यटकीय क्षेत्रको बुलेट राइड आयोजना गर्दै आएको छ । पछिल्ला वर्ष सो राइड भारतको सिक्किम ग्यान्टोक पुगेको थियो ।